फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार ठगी, २ जना पक्राउ

बारा । फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर गाउँपालिका-३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका छन् ।

फेसबुक एकाउन्ट ह्याक गरी नगद ३० हजार रुपैयाँ पठाउ नत्र अश्लिल तस्बिरहरू सामाजिक सञ्जालमा राखिदिन्छु भन्दै विभिन्न डरत्रास देखाइ उक्त रकम माग गरेको उनीहरूमाथि आरोप छ । जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने एक महिलाले प्रहरीलाई सूचना दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा सुनसरी ईटहरी उपमहानगरपालिका-६ ईटहरी बजार अन्तर्गत रहेको आइएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकम सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुमाथि आपराधिक लाभ मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया