नेकपा सचिवालय बैठक सुरु

काठमाडाैं । सत्तारूढ नेकपाकाे सचिवालय बैठक सुरू भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरू भएकाे हाे ।

यसअघि पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने भनिएकाे थियाे । प्रधानमन्त्रीले आफ्नो सुरक्षाको कारण देखाउँदै पार्टी कार्यालय जान नमानेपछि बैठक बालुवाटारमा बसेकाे हाे ।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ । साथै अध्यक्षद्वयबीचका तिक्तता र विवाद अन्त्यका लागि पनि निष्कर्ष निकाल्ने सदस्यहरूकाे तयारी छ ।

प्रतिक्रिया