सभा, जुलुस र प्रदर्शन नगर्न जिप्रका काठमाडाैंकाे अनुराेध

काठमाडाैं । पछिल्लाे केही दिनयता काठमाडाैंमा दिनहुँ जुलस, प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडाैंले यस्ता गतिविधि नगर्न अनुराेध गरेकाे छ ।

आज एक विज्ञप्ति जारी गर्दै जिप्रका काठमाडाैंले भीडभाडजन्य गतिविधि नगर्न/नगराउन अनुराेध गरेकाे हाे ।

जिप्रका काठमाडाैंले भनेकाे छ- ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्न/नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ ।’

प्रतिक्रिया