मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पोर्चुगल पठाईदिन्छु भन्दै १६ लाख ठगी गर्ने एक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु भन्दै १६ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–६ भर भई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरीलाई नगद १६ लाख २५ हजार २ सय ५० रुपैयाँ ठगी गरेको अभियोगमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

शिव नारायणले रुपन्देही जिल्लाका २ जना व्यक्तिहरूबाट उक्त रकम बैंक खातामा जम्मा गर्न लगाई अफर लेटर, भिषा लगायतका कागजातहरू नक्कली बनाई ठगी गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com