दुहबीका १७ वर्षीय किशाेरकाे हत्या अभियाेगमा ३ जना पक्राउ

सुनसरी । दुहबी नगरपालिका-२ बीरगाँउ बस्ने १७ वर्षीय सुजन नारायण चौधरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय सुमन झा लगायत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुजन गत बुधबारबाट हराएको भन्ने हुलिया निवेदन पश्चात् जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सुमनले सुजनको हत्या गरी दुहवी नगरपालिका-२ अरुण वनस्पति उद्योगस्थित खाली जग्गामा सिलाम झारको घारीभित्र शव फालेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।

सुजनको १ थान ट्याब, १ थान सिमकार्ड र २ थान मोबाईल प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया