अनाधिकृत रुपमा बैंकबाट रकम रकमान्तर गरी भुक्तानी लिने फरार प्रतिवादी पक्राउ

काठमाडौं । कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा धादिङ रुबिभ्याली गाउँपालिका-१ बस्ने ५४ वर्षीय खम्ब घले रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टाेलीले काठमाडौं स्वयम्भूबाट आइतबार बेलुकी नियन्त्रणमा लिएकाे हाे ।

कृषि विकास बैंक मूख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोडबाट अपराधिक समूहका व्यक्तिहरूले संगठित रुपमा बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि विभिन्न व्यक्तिहरूको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएकाे उनीमाथि आराेप छ । घलेले २०७६ असोज ७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएको, श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा सिस्टम चेक गर्दा सुनिता समेतका व्यक्तिहरूको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिएकाे प्रहरीले जनाएकाे छ ।

अनुसन्धान गर्दा २०७६ असोज ७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा समेतलाई पक्राउ गरी उनीहरूलाई संगठित अपराध समेतका कसूरमा अनुसन्धान कारबाहीको लागि परिसर पठाइएको थियो । घलेलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया