बैंक अफ काठमाण्डूको बोनस शेयर र नगद लाभांश वितरण प्रस्ताव पारित

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको २६औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ ।

सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

साधारण सभाले २०७६/७७ सम्मको संचित मुनाफाबाट २०७६ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया