सानिमा बैंकले सुरू गर्याे ‘कर्पोरेट पे’

काठमाडाैं । सानिमा बैंक लिमिटेडले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘corporatePAY’ प्रणाली मार्फत् सुरू गरेको छ । corporatePAY solution नेपाल क्लियरिङ्ग हाउसद्वारा प्रवर्द्धित बैंकिङ्ग कारेबार गर्ने विद्युतीय माध्यम हो ।

बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणाली मार्फत् कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु बैंक खाताबाट सजिलै गर्न सकिने निक्षेप व्यवस्थापनका प्रमुख टंक मणि बरालले जानकारी दिए ।

उनका अनुसार उक्त प्रणाली मार्फत् connectIPS अथवा NCHL-IPS मा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी गर्न सकिनेछ । corporatePAY मा आबद्ध हुनका लागि व्यवसायिक ग्राहकले आवश्यक प्रकृया पूरा गरी आफैले तोकेको कारोबार सीमाभित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्ने उनकाे भनाइ छ ।

यस प्रणालीमा multi-layer authentication को सुरक्षित व्यवस्था गरिएको उनले जानकारी दिए । कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र प्रयोग गर्न पाउने छन् ।

सानिमा बैंककाे सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया