सोमबार थपिए १,४७४ संक्रमित, थप २९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४७४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यस्तै आज (सोमबार) १ हजार ९३१ संक्रमित डिस्चार्ज भएका छन् भने थप २९ जनाकाे मृत्यु भएकाे छ । क्वारेन्टिनमा आज ५३५ जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमित संख्या १७ हजार ४२३ रहेकाे छ ।

आजकाे थप अपडेटसँगै नेपालमा काेराेना संक्रमित संख्या २ लाख ३३ हजार ४५२ पुगेकाे छ । संक्रमितमध्ये २ लाख १४ हजार ५२१ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ५०८ पुगेकाे छ ।

प्रतिक्रिया