काठमाडाैंमा राजावादीकाे प्रदर्शन : ‘राजा-जनता एक हाैँ’

काठमाडाैं । सरकार असफल हुँदै गर्दा राजतन्त्रका समर्थकहरूले आज (सोमबार) पनि काठमाडाैंमा प्रदर्शन गरेका छन् ।

देशभर रहेका पूर्व राजा ज्ञानेन्द्रका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा ‘राजा–जनता एक हौँ’ भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले राष्ट्रिय एकता कायम गराैँ, राजा आऊ देश बचाऊ लगायतका नारा लगाएका थिए ।

राष्ट्रिय शक्ति नेपालकाे नेतृत्वमा भएकाे प्रदर्शनमा राजतन्त्रका समर्थकहरूले राष्ट्रिय झण्डा बाेकेका थिए ।

प्रतिक्रिया