पेट्रोल ट्यांकरबाट इन्धन चोरी गर्ने अजय र विकेश प्रहरी नियन्त्रणमा

काठमाडौं । पेट्रोल ट्यांकरमा फल्स चेम्बर बनाई इन्धन चोरी तस्करी गरी ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ महाराजगञ्जबाट २ जनालाई गत बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ बस्ने ३५ वर्षीय अजय लामा र सोही ठाउँ बस्ने २८ वर्षीय विकेश लामा रहेका छन् । प्रहरीका अनुसार उनीहरूले मङ्सिर ३ गते ईण्डियन आयल कर्पोरेसन बरौनी, भारतबाट पेट्रोल लोड गरी आएका ना७ ख २९९५ र ना७ ख ३६९६ नम्बरको टैंकरमा फल्स चेम्बर बनाई ईन्धन चोरी तस्करी गरेका थिए ।

पेट्रोल टैंकरमा फल्स चेम्बर बनाई इन्धन लुकाई भारत लगि बेच्ने र आयल निगमलाई हानी नोक्सानी पुर्‍याई ठगी गर्ने कार्यको अनुसन्धान प्रकृया अगाडि बढाइएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया