बाग्लुङमा गुड्दागुड्दै जल्यो २ सय सीसीको ‘हिरो एक्स प्लस’ मोटरसाइकल (भिडियो सहित)

काठमाडौं । तपाई मोटरसाइकलमा सवार गर्दै हुनुहुन्छ, एक्कासी गुड्दागुड्दैको मोटरसाइकलमा अचानक आगो लाग्यो भने के होला ?

म्याग्दीका एक युवकले भर्खरै खरिद गरेको नयाँ मोटरसाइकलमा त्यस्तै भएको छ । म्याग्दीका विकास आचार्यले खरिद गरेको तीन दिनमै नयाँ मोटरसाइकल जलेको दाबि गरेका छन् ।

भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोर्टर्सको ‘हिरो एक्स प्लस’ मोटरसाइकल किनेको ३ दिनमै चलाउँदा चलाउँदै आफैं जलेको आचार्यले बताएका छन् ।

म्याग्दी स्थित नेपाल बैंक लिमिटेड बैंक शाखामा कार्यरत आचार्यले असोज ७ गते बाग्लुङको एक स्वरूमबाट उक्त मोटरसाइकल किनेका थिए । २ सय सीसीको ‘हिरो एक्स प्लस’ मोटरसाइकल म्याग्दी सदरमुकाम बेनीबाट मंगलातर्फ जानेक्रममा बाटोमा अचानक आगलागी भएर जलेको उनले समाजिक सञ्जालमार्फत समेत जानकारी दिएका छन् ।

‘म बिकाश आचार्यले motorcycle #HeroXpulse200Bike 2077 असोज ६ गते भिएस शोरुम बाग्लुङबाट बाइक खरिद गरेर ल्याएको (On Test, नामसारी नभएको) र तीन दिनपछि म्याग्दी सदरमुकाम बेनीबाट घरमा जाने क्रममा करिब २० मिलोमिटर गुडाएपछी गुडिरहेकै अवस्थामा एक्कासी सिट मुनी आगो लागेको थाहा भयो र बाइक रोकि निभाउने प्रयास बाबजुद पनि बाइक जलेर खरानी भयो ।’ उनले भने ।

उनले गुड्दागुड्दैको मोटरसाइकलमा आगलागी भएपछि उनले तत्कालै मोटरसाइकल शोरुमलाई जानकारी गराएको र शोरुमले नयाँ बाइक दिने आश्वासन दिएपनि आज एक महिनासम्म बाइक नदिएको बताएका छन् ।

‘यो घटना तत्काल बाग्लुङ भिएस शोरम लाई खबर गरेपछि शोरुमले नयाँ बाइक पाउने आश्वासन दिदै घटना सामाजिक सञ्जालमा नराख्न भन्यो । आज एक महिना भन्दा बढी समय बित्दा पनि शोरुम र कम्पनी एनजिएमले कुनै चासो नदेखाई नयाँ बाइक पाउने नपाउने कुनै ठेगान नभएको भन्ने जानाकारी गरायो । संभावना नपाउने धेरै छ भन्छ ।’ आचार्यले भनेका छन् ।

उनले चालकको लापरबाहीले नभई बाइकको डिफल्टको कारणले भएको क्षतीमा कम्पनी गैर जिम्मेवार बनेको भन्दै सम्पूर्ण साथीहरुले कम्पनीलाई दबाब दिन सहयोग गर्न आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया