सरकाले जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनका घाइतेको निःशूल्क उपचार गर्ने

काठमाडौं । सरकारले जनआन्दोलन, जनयुद्ध तथा मधेश आन्दोलनका घाइतेहरुको निःशूल्क उपचार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले त्यस्ता व्यक्तिहरुको सरकारी अस्पतालमा निःशूल्क उपचार गरिने बताए ।

यस्तै परराष्ट्र मन्त्रालयको प्रस्तावमा आगामी डिसेम्बर ४ मा कोरोना संक्रमणबारे संयुक्त राष्टसंघको विशेष अधिवेशनमा सहभागी हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधि मण्डल गठन भएको छ ।

बैठकले जिल्ला समन्वय समितिको महासंघको भवन निर्माण गर्नका लागि १५ लाख सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै विभिन्न गाउँपालिकाको कार्यालय निर्माणका लागि सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय प्रवक्ता मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । ३ सहसचिवको बढुवा गर्ने, चिया तथा कफि विकास बोर्डको बिनियमावली पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया