कैलाश एयरको हेलिकप्टर चीलसँग ठोक्किँदा आकस्मिक अवतरण

काठमाडौं । नुवाकोटमा कैलाश एयरको हेलिकप्टर चरासँग ठोक्किँदा ठूलो दुर्घटनाबाट बचेको छ । आज दिउसो १ः४० बजे कैलाश एयरको हेलिकप्टर चीलसँग ठोक्किँदा एक जना सामान्य घाइते समेत भएका छन् ।

प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चीलसँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेको जानकारी दिए ।

हेलिकप्टरमा पाइलट सहित ६ जना यात्रु थिए । ती मध्ये एक जनाको घुँडामा सामान्य चोट लागेको छ । अन्य यात्रु सकुशल रहेका छन् । चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ । उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको छ ।

हेलिकोप्टरमा गलकोट-३ का वडाध्यक्ष वीरजंग भण्डारीसहित गलकोट नगरपालिका वडा नम्बर ३ का बासिन्दा सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल, अमृत खत्री र चालक रहेका थिए।

प्रतिक्रिया