मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कांग्रेस युवा नेता तामाङद्वारा सवारी दुर्घटनामा गम्भिर चालकको हेलिप्टरबाट उद्दार

काठमाडौं । नेपाली कांग्रेस रामेछाप महाधिवेशन प्रतिनिधि पूर्णबहादुर तामाङ (कान्छाराम) ले आज विहान सवारी दुर्घटनामा गम्भिर घाइते भएका सवारी चालकलाई उपचारार्थ हेलिकप्टर मार्फत उद्दार गरेका छन् ।

आज विहान यात्रु लिन जाने क्रममा रामेछाप जिल्ला लिखु गाउँपालिका वडा नं. ४ डुडामा हिम गंगा प्रा.लि.को टाटा सुमो किञ्जा भन्दा माथिबाट ५० मिटर तल खोलामा खस्दा सवारी चालक गम्भिर घाइते भएका थिए ।

सवारी चालक गम्भिर घाइते भएको खबर पाउने वित्तिकै कांग्रेस युवा नेता कान्छारामले आफ्नै पहलमा हेलिकप्टरबाट सवारी चालक संजिब लुईंटेलको उद्दार गरेका हुन् । उनी प्रतिनिधिसभाको निर्वाचनमा रामेछाप जिल्लाका उपविजेता हुन् ।

समाजसेवा र राजनीतिमा सक्रिय रहेका तामाङले सवारी दुर्घटनामा सवारी चालक गम्भिर घाइते भएको थाहा पाएपछि तत्कालै आफ्नै सक्रियतामा हेलिकप्टर चार्टर गरेर उद्दार गरेका हुन् ।

 तामाकोशी २ शैपु स्थाई घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा ६ बस्ने बर्ष २५ का संजिब लुईटेललाई उपचारार्थ विहानै प्रभु हेलिकप्टरबाट उद्दार गरिएको हो ।

उनलाई अहिले उपचारार्थ ग्वार्कोस्थित विएण्डवी हस्पिटलमा राखिएको छ । गम्भिर अवस्थामा हस्पिटल ल्याइएका लुईंटेलको उपचार भइरहेको दाजु सञ्जय लुईंटेलले बताए ।

‘ब्लड प्रेसर लो भएर एक्सरे, भिडियो एक्सरे हुन पाएको छैन । टाउकोहरुमा खासै चोट पटक नभएपनि उनको मेरुदण्डमा गम्भिर चोट लागेको आशंका गरिएको छ । अवस्था सुधारोन्मुख छ ।’ उनले भने ।

कांग्रेस नेता तामाङ जिल्लामा सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय युवा नेताका रुपमा परिचित छन् ।

प्रतिकृयाहरु
Loading...