यस्तो छ, चिनियाँ रक्षान्त्रीको भ्रमण तालिका !

काठमाडौं । नेपालको एकदिने भ्रमणमा आएका चीनका रक्षामन्त्री जनरल वेइ फेङ काठमाडौं आइपुगेका छन् । वेइसहितको टोली आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा विशेष विमानमार्फत् अवतरण भएको हो ।

नेपालस्थित चिनियाँ राजदूतावासले भेटघाटको कुनै औपचारिक कार्यतालिका भने दिएको छैन । यद्यपि पनि विदेशमन्त्री वेइले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायतसँग उच्च भेटघाट गर्ने कार्यतालिका रहेको छ ।

विदेशमन्त्री वेइ विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ दूतावास गएका छन् । दूतावासको छोटा बसाइपछि उनको औपचारिक भेटघाट शुरु हुने बताइएको छ । बुझिएअनुसार मन्त्री वेइले पहिलो भेट प्रधानसेनापतिसँग गर्नेछन् ।

त्यहाँ सेनापतिसँगको भेटपछि उनले थापासँगै नेपाली सेनाको टोलीसँग छलफल गर्ने समेत बताइएको छ । त्यसपछि उनले प्रधानमन्त्री केपी ओली सँग ३ बजे भेट गर्नेछन् ।

प्रधानमन्त्रीसँगको भेटघाटपछि वेइ शीतलनिवासतिर जानेछन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि उनी त्यहीँबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएर फर्किने भ्रमण कार्यतालिका रहेको छ ।

नेपालमा एकपछि अर्को उच्चस्तरीय भ्रमण हुँदै आएको छ । दुई दिनअघि मात्रै भारतीय सचिव हर्षवर्द्धनले नेपालको भ्रमण गरेका छन् ।

प्रतिक्रिया