चलचित्र निर्माता आकाश अधिकारी एफएनसीसीआइको सदस्यमा दोस्रो पटक निर्वाचित

काठमाडौं । शनिवार (हिजो) सम्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघ [एफएनसीसीआइ]को निर्वाचनबाट चलचित्र निर्माता संघका अध्यक्ष तथा चलचित्र निर्देशक आकाश अधिकारी सदस्यमा निर्वाचित भएका छन् ।

अधिकारी वस्तुगत तर्फबाट खसेको १०१ मतमध्ये ४९ मत प्राप्त गरि केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उनले चन्द्र ढकाल प्यानलबाट उम्मेदवारी दिएका थिए । अधिकारी दोस्रो पटक महासंघको केन्द्रीय सदस्य बनेका छन् ।

उनीसँगै शेखर गोल्छा समूहबाट उम्मेदवारी दिएका निर्माता तथा निर्देशक अशोक शर्मा भने पराजित भएका छन् । शर्माले ४४ मत प्राप्त गरेका थिए ।  वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा किशोर प्रधान र चन्द्र ढकाल प्यानलका ७/७ जना निर्वाचित भएका हुन् ।

प्रतिक्रिया