महासंघमा नयाँ नेतृत्वः क-कसले जिते चुनाव ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित भएसँगै महासंघले नयाँ नेतृत्व पाएको हो ।

विजयसँगै ढकाल निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको २०औँ अध्यक्ष बन्ने निश्चित भएको हो । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् ।

आज बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरे । महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो । महासङ्घको निर्वाचन समितिका अनुसार विजयी भएकाका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाएका थिए । यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गरे । त्यसैगरी ५० प्रतिशत मतभार रहेको जिल्ला÷नगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत पाए ।

वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए । त्यसमा वस्तुगततर्फको उपाध्यक्षमा प्रधान समूहका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी भएका छन् भने एसोसिएट्सतर्फ ढकाल समूहका रामचन्द्र संघाई विजयी भए ।

यस्तै जिल्ला नगर सदस्यहरुमा राजन श्रेष्ठ , तारानाथ घिमिरे , शोभाकान्त पौडेल , कमल कुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत,चक्र बहादुर अधिकारी ,अरुणराज सुमार्गी , देव कुमार श्रेष्ठ , रामेश्वर मानन्धर, कमान बहादुर खड्का, सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । यस्तै, कुविर कुमार श्रेष्ठ , डिबी बस्नेत , गोपाल केडिया , महेन्द्र कुमार श्रेष्ठ, उमेश डालमिया, किशोर कुमार आचा र्य र अमृत भट्टचन निर्वाचित भएका छन् ।

महासंघको केन्द्रीय सदस्य पदमा प्रदेश-२ बाट विजयकुमार शाह निर्वाचित भएका छन् । त्यसै गण्डकीबाट बाबुराम गिरी विजयी भएका छन् भने लुम्बिनी प्रदेशबाट जसमेर मियाँ विजयी भएका छन् । त्यसति प्रदेश ६ बाट लालिमान बुढा विजयी भए भने सुदुरपश्चिम प्रदेशबाट पुष्पराज कुमार विजयी भएका छन् । त्यसै प्रदेश १ बाट यस पदमा यसअघि नै राजेन्द्र राउत निर्विरोध विजयी भएका छन् ।

वस्तुगत तर्फ ढकाल प्यानलका समूहबाट सात जना सदस्यमा विजयी भएका छन् । यस्तै, किशोर प्रधान प्यानल बाट पनि सातै जना सदस्यमा आएका हुन् । प्रधान समूहबाट अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, शुकुन्तलाल हिराचन, विष्णुप्रसाद गैरे र सन्दीपकुमार अग्रवाल निर्वाचित भएका छन् । ढकाल समूहका नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, हेमराज ढकाल, आकाश अधिकारी, प्रकाशसिंह कार्की र सुवोधकुमार गुप्ता निर्वाचित भएका छन् ।

त्यसैगरी एशोसिएट सदस्यतर्फ अम्बिका प्रसाद पौडेल, अविनाश बोहरा, आनन्द बगडिया, कृष्ण लाल महर्जन, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ, देशबन्धु बस्नेत, प्रबल जंग पाण्डे, भरत राज आचार्च, रञ्जित आचार्य, राजेश कुमार अग्रवाल र विजयसिंह वैद्य विजयी भएका छन् । यस्तै, शक्ति कुमार बेगानी, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाई, सुशिल थापा, सञ्जय गिरि र हेमन्त गोल्छा विजयी भएका छन् ।

यसबाहेक ढकाल समूहका विराट थापा र प्रधान समूहका मंगेशलाल श्रेष्ठको समान ४५७ मत आएको छ । उनीहरुमध्ये एक जनालाई गोलाप्रथाबाट चुनिने बताइएको छ । महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा रहेका थिए । निर्वाचन सकिएसँगै विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बनेका छन् ।

यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना प्रतिस्पर्धामा रहेका थिए ।

प्रतिक्रिया