पछिल्लो कोरोना अपडेट : थप १९ जनाको निधन, नयाँ संक्रमित कति ?

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप १९ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ४६ महिला र ८ सय ३४ पुरुष गरी १ हजार ३ सय ८० कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म १७ लाख १९ हजार ८ सय २८ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ५ सय १५ जना डिस्चार्ज भएका छन् ।

अहिले सक्रिय संक्रमितको संख्या १८ हजार ८३ पुगेको छ ।

 

प्रतिक्रिया