‘एकताको रक्षाका लागि दुवै प्रतिवेदन स्थगित गरौँ’

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताको रक्षाका दुवै प्रतिवेदन स्थगित गर्न माग गरेका छन् । सचिवालय बैठकको पूर्वसन्ध्यामा ओलीनिकट नेता पोखरेलले दुवै प्रतिवेदन स्थगित गर्नुपर्ने बताएका हुन् ।

‘म फेरि पनि भन्छु,पार्टी एकताको रक्षाका लागि दुवै प्रतिवेदनलाई स्थगित गरी एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालय बैठक अग्रसर होस् ।’ नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।

नेकपा केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘जवाफी प्रस्ताव’का रुपमा प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

गत २८ गते अर्का अध्यक्ष (कार्यकारी) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रतिवेदनलाई ‘काउन्टर’ दिनेगरी ओलीले आजको प्रस्ताव तयार पारेको बुझिएको छ ।

प्रतिक्रिया