महासंघको निर्वाचन सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आज बिहान ८ बजेबाट काठमाडौँ उपत्यकाकाको कार्की ब्याङ्केट (माइतीघर), महासंघको कार्यालय (टेकु) र प्रज्ञा प्रतिष्ठान (कमलादी) गरी ३ ठाउँमा सुरु भएको हो ।

बरिष्ठ उपाध्यक्ष उमेद्वार चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्रतिस्पर्धामा छन् । ढकाल अहिले एशोसिएट उपाध्यक्ष छन् भने प्रधान जिल्ला र नगर उपाध्यक्ष हुन् ।

ढकालको टीमबाट वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी छन् । भने, प्रधान प्यानलबाटको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ सारथीको रुपमा छन् । ढकाल र प्रधान समूहले आफ्नो जीतको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया