चितवनमा अस्पताल नपुग्दै संक्रमितको मृत्यु

भरतपुर । भरतपुर महानगरपालिका वडा नं १७ का ५१ बर्षीय एक कोरोना संक्रमित पुरुषको अस्पताल नपुग्दै मृत्यु भएको छ । होम आइसोलेसनमा बस्दा मंसिर १० गते उनकाे कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।

उनको हिजो बिहिबार बेलुकी ८ः२७ बजे चितवन मेडिकल कलेज पुर्याउन नपाउँदै मृत्यु भएको कलेजका अस्पताल निर्देशक प्रा.डा. दयाराम लम्सालले बताए ।

उनलाई श्वासप्रस्वासमा समस्या आएपछि मेडिकल कलेज लगिएको थियो । मेडिकल कलेजले उनलाई ‘अस्पताल आउनु पूर्व मृत्यु’ भएको घोषणा गरेको हो । यससँगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९० पुगेको छ ।

प्रतिक्रिया