‘सरकार संसद बैठक बोलाउने तयारीमा छ’

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले सरकार संसद अधिवेशन बोलाउने तयारीमा हरेको बताएकी छन् ।

शुक्रबारदेखि काठमाडौंमा शुरु भएको संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदानप्रदान एवम् अन्तरक्रियात्मक कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले संसद सचिवालयले संसद बैठक सञ्चालनका लागि तयारी गरिरहेको भन्दै उनले चाँडै नियमित बैठक शुरु हुने बताएकी हुन् ।

गत असार १८ गते सरकारले बजेट अधिवेशन चलिरहेको समयमा संसद अधिवेशन अन्त्य गरेको थियो । तत्पश्चात् १८ षौषअधि संसदको हिउँदे अधिवेशन आह्वान गर्नुपर्ने बाध्यतात्मक अवस्थामा रहेको सरकारले छिटै अधिवेशन हुने बताएको हो ।

संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा चलिरहेको छ ।

प्रतिक्रिया