नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि शितल निवास पुगेका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई हिजोको भेटमा उनले उक्त आग्रह गरेकी हुन् । राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गरेको जानकारी दिए ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको निमन्त्रणामा सचिव श्रृंगला दुई दिने भ्रमणका लागि हिजो काठमाडौं आएका उनले त्यसअघि सिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र बुढानिलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । श्रृंगला आज गोरखा र मनाङ जाने छन् । त्यसपछि उनी आज नै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया