एनएमबि बैंकको १७३ औं शाखा बुटवलको देवीनगरमा

काठमाडौं । एनएमबि बैंकले बुटवलको देवीनगरमा बुधवार नयाँ शाखा संचालनमा ल्याएको छ । यो बैंकको १७३ औँ शाखा हो ।

हालको परिवेश र सम्बन्धित सवैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दुरी र सुरक्षाका सम्भाव्य उपायहरु अवलम्बन गर्दै प्रदेश कार्यालयका कर्मचारी र बैंकको केन्द्रिय कार्यालयबाट व्यवस्थापन समितिका सदस्यहरु भने भर्चुअल रुपमै उपस्थित भई उक्त शाखाको शुभारम्भ गरिएको बैंकका लुम्बिनी प्रदेश प्रमुख मोहन केसीले बताए ।

बैंकको अब लुम्बिनी प्रदेशमा जम्मा २८ शाखाहरू पुगेका छन् र आफ्ना नवीनतम सेवा सुविधाहरू लिएर ग्राहकहरूसम्म पुग्ने क्रम बैंकले जारी राख्ने बताईएको छ ।

सेवा विस्तार रणनीतिकोरूपमा नयाँ शाखाले देशैभरि सबै सेगमेण्टको वित्तीय आवश्यकतालाई पुरा गर्ने प्रयास गर्नुको साथै बैंकको उपस्थितिको आधारलाई मजबुत बनाउनेछ विश्वास गरिएको छ ।

एनएमबि बैंकले १७३ शाखाहरु, ८ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै १०,४१६ क्यूआर र ४३४ भन्दा बढी पोस मेसिन मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया