शेयर बजारमा नयाँ कीर्तिमानी : कारोबार रकम र नेप्से परिसूचक दुबैले तोडे रेकर्ड

काठमाडौं । बिहीबार नेपाली शेयर बजारको इतिहासमै नयाँ कीर्तिमान कायम भएको छ । आज एकैदिनको शेयर कारोबार रकम र नेप्से परिसूचक दुबैले ऐतिहासिक रेकर्ड राखेका छन् ।

आज एकैदिन ७ अर्ब ६१ करोडको सेयर कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च कारोबार हो । यसअघि मंसिर ७ गते मात्रै पौने ६ अर्ब ८७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । आज २ सय १ कम्पनीको साढे ७ अर्ब रुपैयाँ बढी शेयर किनबेच भएको हो । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ ।

आज नेप्से परिसूचकले पनि ऐतिहासिक उचाई कायम गरेको छ । परिसूचक १८.४३ अंकले बढेर १८९३.२४ अंकमा पुग्न सफल भएको छ ।

प्रतिक्रिया