लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले आर्थिक वर्ष २०७५\७६ को लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई २०७५\७६ आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब एक करोड रुपैयाँ रहेको छ । प्रस्तावित १० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ नाघ्ने छ ।

प्रतिक्रिया