कस्तो छ पूर्वयुवराज पारसको स्वास्थ्य अवस्था ?
२०७७ मंसिर ११ गते

काठमाडौं । चितवनमा अस्वस्थ भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । तर, मुटुमा समस्या देखिएपछि उनी चिकित्सकको निगरानीमा रहेका छन् ।
चितवनको होटल सेन्ट्रल पाल्ममा पारस शाह बसिरहेका छन् । उनलाई त्यहाँ चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मी नेतृत्व टोलीले उपचार गरेको हो । अस्पताल स्रोतका अनुसार पारसको अवस्था अहिले सामान्य छ ।
यसअघि तीन पटक हृदयघात भएका कारण पारसको मुटुमा समस्या भएको हुनसक्ने भन्दै उनलाई चिकित्सकीय निरीक्षणमा राखिएको हो । अहिले उनका विभिन्न टेस्ट गरिएको र आवश्यक परे उनलाई अस्पताल भर्ना गर्ने बताइएको छ ।
२०७७ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित









