टिचिङ अस्पतालका संस्थापक निर्देशक प्रसाईको निधन

काठमाडौं । त्रिवि शिक्षण (टिचिङ) अस्पतालका संस्थापक निर्देशक प्राडा भीष्मराज प्रसाईको निधन भएको छ । उपचारका क्रममा मेडिसिटी इन्टरनेशनल हस्पिटलमा बुधबार साँझ उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।

मुटुमा समस्या देखिएपछि गत कात्तिक २८ गते प्रसाईलाई अस्पताल भर्ना गरिएको थियो । प्रसाई नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार तथा प्रवर्तक मानिन्छन् । उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक, चिकित्साशास्त्र अध्ययन संस्थानका डीन र त्रिविका शिक्षाध्यक्ष र राजपरिषद्का सदस्य समेत भएका थिए ।

प्रसाईका एक दर्जन जति साहित्यिक कृति प्रकाशित छन् । उनले भानुभक्त पुरस्कार, त्रिमूर्ति पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, नइ देरूनीख सुकीर्ति पुरस्कार लगायतका पुरस्कार प्राप्त गरेका नरेन्द्रराज प्रसाईले जानकारी दिए । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रिया