बायर्न नकआउट चरणमा, घरेलु मैदानमा लिभरपुलको हार

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखले स्लजबर्गमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले स्लजबर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको जितमा रोबेर्ट लेवानडोस्की, किंग्सले कोमान र लिरोय सानेले एक एक गोल गरेका थिए भने स्लजबर्गका लागि मेर्गिम बेरिशाले एक गोल गरेका थिए ।

यसै समुहमा रहेको एटलेटिको म्याड्रिड र लोकोमोटिभबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । समुह ए अन्तर्गत लिग चरणका चार खेल सकिदा बायर्न म्युनिखले चारै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा रहदै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।एटलान्टासँग लिभरपुल पराजित
समुह डी अन्तर्गत एटलान्टाविरुद्धको खेलमा लिभरपुल २-० गोल अन्तरले पराजित भएको हो । एटलान्टाको जितमा जोसिप लिकिक र रोबिन गोसेन्सले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह डी मा एटलान्टाको ४ खेलमा ७ अंक भएको छ भने तेस्रो स्थानमा रहेको छ । लिभरपुलको यो हार पछि ४ खेलमा ९ अंक रहेको छ र समुहमा शिर्ष स्थानमा नै रहेको छ । यसै समुहको गएराती सम्पन्न खेलमा अयाक्सले मिडजियल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।म्यानचेस्टर सिटी पनि अन्तिम १६ मा
बुधबार राति भएको खेलमा ओलम्पिकासलाई १-० ले पराजित गर्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । खेलको ३६ औँ मिनेट भएको एक गोल नै सिटीको जितका लागि पर्याप्त भयो । सिटीका लागि निर्णायक गोल फिल फोडिनले गरेका हुन् ।

उनलाई रहीम स्ट्रर्लिङ्गले सहयोग गरेका थिए । जितसँगै शीर्ष स्थानको सिटीले १२ अंक जोडेको छ भने तेस्रो स्थानको ओलम्पिकासको तीन अंक छ । गएराति भएको समूह सी अन्तर्गतको खेलमा एफसी पोर्टोले मार्सेइलीलाई २–० ले पराजित गरेको छ ।

प्रतिक्रिया