म्याराडोनालाई पेलेको श्रद्धाञ्जलीः ‘आशा गर्छु, हामी एक दिन आकाशमा बल खेल्नेछौँ’

काठमाडौं । अर्जेन्टिनाका महान फुटबल खेलाडी ६० वर्षीय डिएगो म्यारानोनाको निधनप्रति विश्व फुटबलका चर्चित व्यक्तित्व ८० वर्षीय पेलेले श्रद्धाञ्जली अर्पण गरेका छन् । म्याराडोनाको निधनप्रति दुःख व्यक्त गर्दै उनले श्रद्धाञ्जली दिएका हुन् ।

म्यारोडोनाको निधनपछि सामाजिक संजाल ट्वीटरबाट पेलेले श्रद्धाञ्जली दिएका हुन् । उनले ट्वीटमा आफूले महान साथी गुमाएको उल्लेख गरेका छन् । पेलेले आफूले साथी गुमाउदा विश्वले लिजेण्ड गुमाएको उल्लेख गरेका छन् । पेलेले अब महान साथीसँग एक दिन आकाशमा फुटबल खेल्ने उल्लेख गरेका छन् । उनले धेरै कुरा भन्न बाँकि भएको भन्दै यस्तो बताएका हुन् ।

‘दुखद समाचार । मैले एक महान साथी गुमाए । विश्वले लिजेण्ड गुमाएको छ । धेरै कुरा भन्न बाँकि छ । तर भगवानले उनको परिवारलाई बल दिउन । एक दिन, म आशा गर्दछु कि हामी आकाशमा बल खेल्ने छौँ’, पेलेले ट्वीटमा लेखेका छन् ।

प्रतिक्रिया