डा. कार्की कृषि तथा पशुपन्छी मन्त्रालयको सचिवमा सिफारिस

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा डा. योगेन्द्र बहादुर कार्कीको नाम सिफारिस भएको छ ।

लामो समय देखी रिक्त रहेको मन्त्रालयको सचिव पदमा डा. योगेन्द्र बहादुर कार्कीको नाम सिफारिस भएको हो । हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव रहेका डा. कार्कीको नाम बढुवा सिफारिस समितिले सिफारिस गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा गत सोमबार बसेको बैठकले उनको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

निजामती सेवा ऐन अनुसार, कार्यसम्पदान मुल्याङकनका आधारमा (८० प्रतिशत) हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौ पटक ज्येष्ठताका आधारमा (२० प्रतिशत) एक सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ ।

यस अघि डा. कार्की प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा समेत थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तरगत देशका विभिन्न भू–भागलाई वर्गिाकरण गर्दै सुपरजोन कार्यक्रम तयार पार्न डा. कार्कीले उल्लेख्य काम गरेको बताइन्छ ।

प्रतिक्रिया