मंगलबार थपिए १,७९० संक्रमित, थप २४ जनाको मृत्यु

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट पछिल्लाे २४ घण्टामा थप २४ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना संक्रमित मृतक संख्या १ हजार ३६१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार आज (मंगलबार) थप १ हजार ७९० संक्रमित थपिएका छन् भने २ हजार ७९१ जना निकाे भएका छन् । यस्तै क्वारेन्टिनमा आज ६२७ जना छन् भने सक्रिय संक्रमित संख्या १७ हजार ८५९ रहेका छ ।

आजकाे थप अपडेटसँगै देशभर काेराेना संक्रमितकाे कुल संख्या २ लाख २४ हजार ७८ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ४ हजार ८५८ जना निकाे भइसकेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया