कोरोना संक्रमणबाट पूर्वगाविस अध्यक्षको मृत्यु

विराटनगर । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट पूर्व गाउँ विकास समिति (गाविस) अध्यक्षकाे मृत्यु भएकाे छ ।

मोरङको पथरीका तत्कालिन गाविसका पूर्व अध्यक्ष ६६ वर्षीय तिलक वान्तवा राईको काेराेना संक्रमणबाट आज (मंगलबार) बिहान मृत्यु भएकाे हाे । मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा उनकाे मृत्यु भएको हो । 

पथरीशनिश्चरे नगरपालिका–१ निवासी राईको कात्तिक २१ गते पीसीआर रिपाेर्ट पाेजेटिभ आएको थियो । त्यसपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । त्यहाँबाट डिस्चार्ज भएकाे केही दिनपछि  विराट शिक्षण अस्पतालको भेन्टिलेटरमा पाँच दिनदेखि राखेर उपचार गरिँदै आएको थियो ।

पूर्व गाविस अध्यक्ष राई २०४९ सालको स्थानीय निर्वाचनमा पथरी गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया