‘ओली प्रवृत्ति अग्रगमनको मुख्य वाधक हो, यसलाई काँध थाप्ने गल्ती नगरौं’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ओली प्रवृत्ति अग्रगमनको मुख्य बाधक भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली मुलुकमा प्रवृतिका रुपमा विकास भएकाले त्यसलाई काँध थाप्न नहुने उनको टिप्पणी छ ।

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पछिल्लो समय भएको भेटवार्तातर्फ लक्षित गरेर भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति हो,’ भट्टराईले भनेका छन्, ‘व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन् । तर ओली प्रवृत्ति यतिबेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो ।’

प्रतिक्रिया