सभामुख सापकोटा भन्छन्–‘संसद अधिवेशन शुरु गर्न तयार छौं’

कठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन शुरु गर्न आफूहरु तयार रहेको बताएका छन् । संसद सचिवालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

उनले भनेका छन्,‘सकेसम्म चाँडो संसद राख्नका लागि छलफल हुँदैछ । संसद सञ्चालनका लागि धेरै विकल्पहरु एक, दुई, तीन गरेर सबै तयारी गरिएको छ ।’

हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सभामुख सापकोटाले बताए । बजेट पारित गरेपछि सकिएको संसद अधिवेशन अहिलेसम्म आह्वान गरिएको छैन ।

संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था छ ।

प्रतिक्रिया