प्रधानमन्त्रीपछि राजदूत यान्छीले भेटिन् दाहाललाई

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्ताधारी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् ।

राजदूत यान्छीले खुमलटारस्थित प्रचण्डको निवास नै पुगेर आज सोमबार भेटवार्ता गरेकी हुन् । नेकपाभित्रको आन्तरिक विवाद चर्किरहेको बेला राजदूत यान्छीले अध्यक्ष दाहाललाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसैबीच आगामी १४ मंसिरमा चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे नेपालको भ्रमणमा आउँदैछन् ।
केही समययता दक्षिणी छिमेकी भारतको प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढिरहेका बेला उत्तरी छिमेकी चीनबाट हुन लागेको उच्च राजनीतिक भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

राजदूत यान्छीले केही दिनपहिले नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेकी थिइन् । नेकपाको आन्तरिक विवादमा राजदूतको सक्रियताको बढेको भन्दै आलोचना हुन थालेको छ ।

 

प्रतिक्रिया