मंसिर ८ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल मंसिर ०८ गते । सोमबार । ईश्वी सन् २०२० नोभेम्बर २३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–नवमी,५१ घडी ४१ पला,रातको ०३ बजेर १३ मिनेट उप्रान्त दशमी । नक्षत्र– शतभिषा,२५ घडी ३४ पला,बेलुकी ०४ बजेर ४६ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–व्याघात । करण–बालव,दिउसो ०२ बजेर ४२ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर १३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २६ घडी २७ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ३२ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ३३ मिनेटदेखी बिहान ७ बजेर ५१ मिनेटसम्म काल बेला ।
बिहान ७ बजेर ५२ मिनेटदेखी बिहान ९ बजेर ११ मिनेटसम्म शुभ बेला ।
बिहान ०९ बजेर १२ मिनेटदेखी बिहान १० बजेर ३० मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ३१ मिनेटदेखी बिहान ११ बजेर ५० मिनेटसम्म उद्वेग बेला ।
बिहान ११ बजेर ५१ मिनेटदेखी दिउसो १ बजेर ०९ मिनेटसम्म चर बेला ।
दिउसो १ बजेर १० मिनेटदेखी दिउसो २ बजेर २८ मिनेटसम्म लाभ बेला ।
दिउसो २ बजेर २९ मिनेटदेखी दिउसो ३ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
दिउसो ३ बजेर ४९ मिनेटदेखी बेलुकी ६ बजेर ४८ मिनेटसम्म चर बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०७ बजेर ५१ मिनेटदेखी बिहान ०९ बजेर १० मिनेटसम्म रहने ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सिमित स्रोत तथा साधनबाट असिमित आवस्यकता पुरा गर्नु पर्दा रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो पर्नेछ । नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला अवसरवादीहरुले फसाउन सक्छन् । दाजुभाई तथा आफन्तलाई बिश्वास गर्दा धोका पाईनेछ । माया प्रेममा एक अर्काबिच मनमुटाव हुने तथा पति पत्नी बीचको सम्बन्धमा अबिश्वास बढ्नेछ । अन्यत्रै ध्यान मोडिदा पढाइ लेखाइमा पछि परिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा लगानी गरि आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुन पाउदा मन प्रशन्न हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) हाँसखेल र मनोरञ्जनका लागि समय उत्तम रहेकोछ । असन्तुष्टि समाप्त हुनेछन् भने अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय भई समुदायको हितमा काम गर्न सकिनेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा मन जानेछ । छोटो दुरिको धार्मिक यात्राको प्रशस्त सम्भावन रहेकोछ । धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ ज्ञान सिक्ने अवसर जुर्नेछ भने खोज तथा अनुशन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात पर्नेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । उद्योग धन्दामा सफलता प्राप्त हुनेछ भने आर्थिक समस्या समाधान भएर जानेछ । ऋण, रोग तथा शत्रुबाट छुटकरा मिल्ने समय रहेकोछ भने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछन् । जागिरमा बढुवा, प्रशंसा र पुरस्कार पाईने योग रहेकोछ । साजाजिक काम गरि प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि गर्न सकिनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेकोछ भने पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आटेका तथा सोचेका कामहरु समयमा सम्पन्न हुने हुँदा मन प्रशन्न हुनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले हरेक क्षेत्रमा अगाढि बढ्न सकिनेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सन्ततिका क्रियाकलापमा मन प्रशन्न रहनेछ भने वंश बृद्धिको गतिलो योग रहेकोछ । जानकार व्यक्ति वा गुरुजनको सहयोगले आत्मबल बढ्ने तथा छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । बन्दव्यापारबाट प्रशस्त लाभ हुनेछ भने दैनिक उपभोग्य सामानको कारोबारबाट नाँफा कमाउन सकिनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनेछ । भौतिक सम्पती तथा विलाशी सामान उपाहारको रुपमा प्राप्त हुने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त वा आमा सरहका मानिससँग अलग्गिएर यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा समान्य मनमुटाब बढेर जानेछ भने पति पत्नी बीचको सम्बन्धमा अबिश्वास पैदा हुनेछ । समाजसेवामा समय व्यातित हुनाले आफ्नो काम थाति रहनेछ । स्वास्थ्यमा समस्या आई लक्ष्य प्राप्तीमा विलम्ब हुनेछ । तरपनि कृषि तथा पशुपालनमा र बित्तिय क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) तर्क र बहसमा तपाईँको पकड गतिलो रहनेछ भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ । परिवानजनको सहयोगले दिन उत्साहपुर्वक वित्नेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुनेछन् । सानो लगानिबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । छोटो दुरिको यात्रा हुने योग रहेकोछ । बिग्रन लागेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ भने घरपरिवार र सन्ततिबाट सहयोग मिल्नेछ । सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । दैनिक उपभोग्य बस्तुको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ । कुटुम्बबाट आर्थिक सहयोग प्राप्त हुनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य बस्तुको व्यापारमा बृद्धि हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसाय वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । धार्मिक र सामाजिक काममा मन जाने तथा समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । घरपरिवार तथा आफन्तबाट साथसहयोग प्राप्त हुनेछ । समयले साथ दिने हुनाले राम्रा अवसरहरू प्राप्त हुनेछन् । स्वास्थ्य अनुकूल हुनाले अध्ययन भनेजस्तो प्रगति गर्न सकिनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा रुपैया पैसा लगानि गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्य सम्बन्धी समस्या आउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउमा श्रम तथा शक्ति खर्च हुन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइ कमजोर रहनेछ । प्रेममा धोका तथा बिस्वासघात हुनेछ ध्यान दिनुहोला । व्यापार व्यावासायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चनु पर्ने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया