चारै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारैवटा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

आइतबार दिउँसो ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।

सुरक्षा निकायका प्रमुखसँग के–के विषयमा कुराकानी भयो भन्ने विषयमा सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भनेअनुसार सो छलफल नियमित हो ।

प्रतिक्रिया