५ हजार बढी संक्रमित निको हुँदा थप १ हजार ६६९ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लाे समय नेपालमा काेराेना भाइरस (काेभिड १९) संक्रमित हुनेकाे भन्दा निकाे हुनेकाे संख्या बढ्दाे छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जना संक्रमित निकाे हुँदा थप १ हजार ६६९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज (आइतबार) थप १६ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १ हजार ३२१ पुगेकाे छ ।

यस्तै आजकाे थप अपडेटसँगै काेराेना संक्रमित संख्या २ लाख २० हजार ३०८ पुगेकाे छ भने निकाे हुनेकाे संख्या १ लाख ९९ हजार २४ पुगेकाे छ । आज क्वारेन्टिनमा ६८६ छ भने सक्रिय संक्रमित संख्या १९ हजार ९६३ रहेकाे छ ।

 

प्रतिक्रिया