काेराेना संक्रमणबाट विदेशमा २९३ नेपालीको मृत्यु
२०७७ मंसिर ७ गते

काठमाडौं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट विदेशमा २९३ जना नेपालीकाे मृत्यु भएकाे गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएकाे छ ।
समितिका अनुसार कोरोना संक्रमण सुरु भएयता विदेशका १९ देशमा रहेका २९३ नेपालीहरूकाे मृत्यु भएकाे हाे । कोरोनाका कारण हालसम्म सबैभन्दा बढी साउदी अबरमा ८४ जनाकाे मृत्यु भएकाे छ । यस्तै यूकेमा ६९ जना र भारतमा ४० जना नेपालीको मृत्यु भएको छ ।
यस्तै विश्वका विभिन्न ४५ मुलुकमा शनिबार साँझसम्म ४६ हजार ५७८ जना गैरआवासीय संक्रमित भएकामा हालसम्म ४२ हजार ८०३ जना कोरोना संक्रमणमुक्त भइसकेकाे पनि समितिले जनाएकाे छ । यो साता स्पेन, यूके, यूएई, कतार, साउदी अरब, र जापानमा थप संक्रमण देखिएको छ ।
२०७७ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित









