सरकारले ल्यायाे बलात्कारसम्बन्धी कानुनलाई कडा पार्ने अध्यादेश, अब मिलापत्र गराउनेलाई पनि कारवाही !

काठमाडौं । आज (आइतबार) बसेकाे मन्त्रिपरिषद् बैठकले बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेकाे छ । बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेकाे छ ।

पछिल्लाे समय महिला हकअधिकार तथा सचेतना सन्दर्भमा विभिन्न कार्यक्रमहरू गरिएपनि बलात्कारका घट्नाहरू घट्न छाेडेका छैनन् । किशोरीहरुसँगै नाबालिग तथा वृद्धाहरु समेत बलात्कारकाे शिकार हुने गरेका छन् । कतिपय घटनाहरू मिलापत्रमा समेत टुंगाउने गरिएकाे छ ।

यसैलाई मध्येनजर गर्दै सरकारले बलात्कारसम्बन्धी कानुनलाई कडा पार्ने अध्यादेश ल्याएको हाे । अध्यादेशमा बलात्कारका घटनामा पञ्चायती वा जुनसुकै नाममा हुने मिलापत्रलाई पनि अपराध किटान गरिएको छ ।

प्रतिक्रिया