जबरजस्ती करणी र यौन दुर्व्यवहारकाे अभियाेगमा दुई जना पक्राउ

कैलाली । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुरे गाउँपालिका-१ बस्ने २२ वर्षीय लाले घर्ती थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती बालिकालाई सोही ठाउँस्थित नाकखेलेढुंगा जंगल हुँदै गइरहेको अवस्थामा एक्लै पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घरखेडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै २१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा ओखलढुंगाकाे मोलुङ गाउँपालिका-८ रागाँदिपस्थित नेपाल टेलिकमको टावर निर्माणमा कार्यरत सुनसरी इनरुवा नगरपालिका-८ डुम्रा घर भएका २६ वर्षीय अशोक मेहतालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मेहताले ती युवतीलाई बिहीबार साँझ यौन दुर्व्यवहार गर्नुका साथै जबरजस्ती करणी उद्योग समेत गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया