बेलायतमा लुटेराहरूले आइफोन बोकेको ट्रक नै लुटे

एजेन्सी । बेलायतमा आइफोन मोवाइल बोकेको ट्रक नै लुटिएको छ । लुटेराहरुले आइफोन बोकेको एक ट्रक नै लुटेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

द गार्जियनका अनुसार घटना गत मंगलबार बेलायतको नर्थह्याम्टन शायरको साउथबाउण्ड स्लिप रोडमा भएको थियो ।

एप्पल कम्पनीको सामान बोकेको ट्रकलाई रोकेर लुटेराहरुले ५० लाख पाउण्ड अर्थात् ७८ करोड ५८ लाख नेपाली रुपैँया बराबरको आईफोन, एयरपड, एप्पल वाच लगायतका ग्याजेट लुटपाट गरेका हुन् ।

लुटेराहरुले ट्रक रोकेर ड्राइभरलाई बाँधी त्यहाँ ४८ वटा र्याकमा रहेका एप्पलका सबै सामान चोरी गरेका थिए ।

लुटपाट भएको मालबाहक ट्रकभित्र आईफोन इलेभेन, एयरपोड तथा एप्पल वाचहरु रहेको बताइएको छ । लुटेराहरुले नियन्त्रणमा लिएको उक्त ट्रकलाई क्रिकस्थित इल्डोन क्लोजमा पु¥याएर तेस्रो गाडीमा सबै सामानहरु राखिएको प्रहरीको आशंका छ ।

प्रतिक्रिया