उदयपुरकाे ताप्ली गाउँपालिकाकाे कार्यालयमा बम विस्फाेट

काठमाडाैं । उदयपुरकाे ताप्ली गाउँपालिकाकाे कार्यालय रूपाटारमा आज (आइतबार) बिहान बम विस्फोट भएकाे छ ।

गाउँपालिकाकाे कार्यालयकाे नागरिक सहायक कक्षमा बिहान सवा एक बजे बम विस्फाेट भएकाे हाे । बम विस्फाेट हुँदा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको कार्यकक्षको झ्यालढोका, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफालगायतका सामानमा पूर्णरूपमा क्षति पुगेकाे गाउँपालिकाले जनाएकाे छ ।

कार्यालयकाे गेटमा अर्काे बम पनि फेला परेकाे र उक्त बम डिस्पाेजल गर्न १८ नम्बर बाहिनी अड्डा भुल्केलाई खबर गरिएकाे छ । अहिले घटनास्थल प्रहरीले नियन्त्रणमा लिएकाे छ । गेटमा राखिएको बम निस्क्रिय गराएपछि घटनाको थप विवरण आउने जिल्ला प्रहरी कार्यलाय उदयपुरले जनाएकाे छ । बम विस्फाेटकाे अहिलेसम्म कसैले जिम्मा लिएकाे छैन ।

प्रतिक्रिया