कोरोना संक्रमणका कारण वरिष्ठ शल्यचिकित्सकको मृत्यु

काठमाडौं । वरिष्ठ शल्यचिकित्सक डा. ध्रुब शर्मा मुडभरीको निधन भएको छ । ओम अस्पतालका संस्थापक डा. शर्माको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उनको ओम अस्पतालमा उपचारका क्रममा शनिबार दिउसो निधन भएको हो । ओम अस्पतालका संस्थापक तथा पूर्व अध्यक्ष डा. मुडभरीलाई ९ दिन अघि कोरोना पोजिटिभ देखिएको थियो ।

७८ वर्षीय डा मुडभरीको स्वास्थ्यमा केही सुधार आएपछि तीन दिन अघि डिस्चार्ज भएर घर गएका थिए । तर घरमा बाथरुममा लडेर गम्भीर घाइते भए । त्यसपछि उनलाई तत्कालै अस्पताल ल्याइएको थियो ।

अस्पतालमा जाँचका क्रममा उनको छातीमा रगत जमेको पाइएपछि आइसियुमा राखेर उपचार भइरहेको थियो ।
डा. मुडभरी नेपालमा सर्जरी सेवा सुरु गर्ने डाक्टर मध्येका एक हुन् । नेपालको चिकित्सा सेवामा उनको महत्वपूर्ण योगदान रहेको छ ।

डा. मुडभरीका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रिया