‘सस्टेनिग् योर् बिजनेस’ सम्पन्न

काठमाडौं । हल्ट प्राइज एट आईओई २०२०–२१ र पुल्चोक क्याम्पस विद्यार्थीको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा शनिबार उद्यमशीलता सम्बन्धी टक सिरिज सम्पन्न भएको छ । सोही दिन हल्ट प्राइजको सेमी फाइल कार्यक्रम पनि सम्पन्न भएको थियो ।

उद्यमी टक सिरिजको यो सातौं श्रृंखला थियो । ‘सस्टेनिग् योर् बिजनेस’ शीर्षकमा केन्द्रीत कार्यक्रमका लागि पूर्व मिस नेपाल तथा मिडिया पर्सनालिटी माल्भिका सुब्बा, गायिका आनी छोइङ ड्रोल्मा, मिडिया पर्सनालिटी श्री पाण्डे, पूर्व मिस टिन रोजिका पोखरेल, डिजिटल नेपाल कम्पनीका संस्थापक आदित्य राज र फिलिपिन्सबाट स्वान्टेल नेइटो उपस्थित थिए ।

फिलिपिनी सामाजिक उद्यमी तथा बीएण्डबी सोल्युसनकी सहसंस्थापक स्वान्टेल नेइटो कार्यक्रमको मुख्य वक्त्ता थिइन् । उनले आफ्नो व्यवसाय कसरी दिगो बनाउने, बजारमा आफ्नो वस्तु तथा सेवाको उत्पादनको महत्व बढाउने र त्यसलाई स्थायीत्व कसरी गर्नेको बारेमा सिकाइन् ।

टक सिरिजमा माल्भिका सुब्बा, श्री पाण्डेको र रोजिका पोखरेल प्यानल डिस्कसन भयो । हिजो विश्व टेलिभिजन दिन भएको कारण उनीहरुसँग धेरै टेलिभिजन र सञ्चार माध्यमको कुरा भयो । पाण्डे र पोखरेलले आफ्नो काम, सक्रियता र मानवीय कर्मका बारेमा युवाहरुलाई परिवर्तनतर्फ अग्रसर कसरी गर्न सकिन्छ भन्ने ब्याख्या गरे ।

आफ्नो सफलता र असफलता, आफ्नो कडा मेहेनत र महिला, अन्तर लैङ्कीकहरूको अधिकारको बारेमा बोलेका थिए । उनीहरुले सबैलाई आत्मनिर्भरको यात्रामा कसरी अगाडी बढ्ने बारेमा बताएका थिए ।

यस्तैगरी हल्ट प्राइजको सेमिफाइलमा जजको रुपमा आनी छोइङ डोल्मा, इ. आदित्य राज, अल्फा सेनोन, बिजनेस कोच तथा बिजनेस स्ट्राटेजी क्रिएटर रहे । उनीहरूले प्रतिस्पर्धीहरुको आइडियालाई प्रस्तुतिकरण सुनेर शीर्ष २० टिमलाई छानेका थिए ।
प्रत्योगितामा वाइल्ड कार्ड इन्ट्रीको समेत व्यवस्था छ । हल्ट हल्ट प्राइज एट आईओई २०२०–२१को ग्राण्ड फाइनलमा जुन ५ डिसेम्बरमा हुन लागिरहेको छ । त्यसको शीर्ष ३ टिमहरुले विदेशमा “रिजनल प्रतिस्पर्धा”को लागि जान पाउनेछन् ।

हल्ट प्राइज आइओई २०२१ मा सहभागी हुने प्रतिस्पर्धीहरुले विभिन्न किसिमका पुस्कार तथा गिभअवेहरु पाउन सक्नेछन् ।
विजयी टिमले नौलो रेस्टुरेन्टको तर्फबाट चार हजार बराबरको फुड भौचर, शीर्ष पाँच टिममा प्रत्येकलाई पाँच हजार बराबरको अनलिमिटेड होस्टिङ, शीर्ष तीन टिमका प्रत्येक सदस्यलाई पाँचसय रुपैयाँ बराबरको एम सक्युरिटी एन्टीभाइरस एक वर्षलाई प्रदान गरिने कार्यक्रम आयोजकले बताएको छ ।

यस्तै हल्ट प्राइज आइओईका सबै सहभागीहरुले प्रतिमहिना पाँच डलर पर्ने टास्केड कोवर्किङ सफ्टवेयरको अनलिमिटेड भर्सन एक वर्षका लागि प्रयोग गर्न सक्ने छन् । कार्यक्रम शनिबार १२ देखि साँझ ८ बजेसम्म अनलाइन मार्फत भएको थियो ।

प्रतिक्रिया