खुल्यो वीरेन्द्रको ‘श्री सदन’

काठमाडौं । स्वर्गिय राजा वीरेन्द्रको ‘श्री सदन’ सर्वसाधारणका लागि खुल्ला गरिएको छ । आजबाट औपचारिक रुपमा ‘श्री सदन’ खुल्ला गरिएको हो ।

आज संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश कुमार भट्टराईले ‘श्री सदन’ खुल्ला गरिएको घोषणा गरेका छन् । भोलीबाट नारायणहिटी संग्रहालय अवलोकनका लागि जाने सर्वसाधारणले ‘श्री सदन’ समेत अवलोकन गर्न पाउने भएका छन् ।

नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार भोलीबाट सर्वसाधारणले ‘श्री सदन’ सँगै गणतन्त्र स्मारक समेत अवलोकन गर्न पाउनेछन् ।

२०२३ सालमा बनेको तीन तले ‘श्री सदन’ मा १२ वटा कोठाहरु रहेका छन् । जहाँ तत्कालि राजा वीरेन्द्र रानी ऐश्वर्य, तत्कालिन युवराज दीपेन्द्र, कान्छा छोरा निराजन तथा छोरी श्रुतिको कोठाहरु रहेका छन् ।

संग्रहालय विकास समितिका अनुसार त्यहाँ तत्कालीन राजा वीरेन्द्र र उनका परीवारले प्रयोग गर्ने, साधनहरु अवलोकन गर्न सकिनेछ ।

‘श्री सदन’ को मोटर ग्यारेजमा तत्कालिन जर्मन चान्सलर हिटलरले वीरेन्द्रलाई उपहारस्वरुप दिएको गाडी राखिएको छ ।
यसैगरी तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी अवलोकन गर्न पाइने छ । भने, दीपेन्द्र, श्रुती र निराजनका खेलौना गाडीहरु पनि राखिएका छन् । वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकन गर्न सकिनेछ ।

 

प्रतिक्रिया