बि.ओ.के क्यापिटलले ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने
२०७७ मंसिर ६ गते

काठमाडौं । बि.ओ.के क्यापिटल लिमिटेडले ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
हिजो बसेको कम्पनीको पाँचौ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो । कम्पनीले आ.ब. २०७६\७७ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजी रु.२१ करोडको ४.५ प्रतिशतका दरले हुने रकम रु. ९४ लाख ५० हजार नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा बसेको उक्त साधारण सभाले आ.ब. २०७६\७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै क्यापिटलले सामुहिक लगानी कोषको कोष ब्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भइ आएपछि वितरण गरीनेछ ।
२०७७ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








