भारतीय युवकको घोषणा : ‘विनाअक्सिजन एक्लै सगरमाथा चढ्छु’

काठमाडौं । एक भारतीय युवकले विनाअक्सिजन त्यो पनि एक्लै सगरमाथा चढ्ने घोषणा गरेका छन् । भारतको उत्तरप्रदेशका २७ वर्षीय अर्जुन वाजपईले आगामी मे महिनामा विनाअक्सिजन एक्लै विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने घोषणा गरेका हुन् ।

१६ वर्षको उमेरमा आरोहणको एक सदस्यको रुपमा १० वर्ष पहिले नै सगरमाथाको आरोहण गरिसकेका उनले पुनः चढ्ने घोषणा गरेका हुन् । भारतीय टाइम्स पत्रिकासँग उनले भनेका छन्–‘कोभिड–१९ का कारण मैले यस वर्षको लागि निर्धारित सबै कार्यक्रम अर्काे वर्षको लागि सार्नु परेको छ । म सफल भएँ भने एक्लै सगरमाथा चढ्ने म पहिलो भारतीय नागरिक हुनेछु ।’

एक्लै चढ्नका लागि नेपालले अनुमति नदिए चीन तर्फबाट सगरमाथा चढ्ने उनको योजना छ । उनले १० वर्ष पहिला सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गर्ने भारतीय नागरिकको पहिचान बनाएका छन् ।

 

प्रतिक्रिया